चितवनको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते
मेरोन्यूज
२०८१ चैत २१ गते २१:४१

काठमाडौं । यहाँको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन्। भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो।
सो बसमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार बस अनियन्त्रित भई रुखमा ठोक्किएको हो। घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उनले जानकारी दिए। घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ। बस चालक फरार रहेकाले खोजी जारी रहेको उनले बताए।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया