मन्दिरमा पिसाब छर्कने महिला पक्राउ

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन्।
प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्त भएको थियो । सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्वर मन्दिरमा आई पिसाब छर्केको खुलेको थियो ।
उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चैत २१ गते दिउँसो प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थ रहेको ५ वटा बोतल साथमा लिई आदेश्वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो । उनीमाथि ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थप गरेर थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको प्रहरीको भनाई छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया