सशस्त्र द्वारा अबैध ५ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ गरेको हो।
५ लाख रुपैया सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षिय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले न्युज कारखाना लाई बताएका छन्।
गौर नगरपालिका १ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाईकल रुपैयाँ सहित शुक्रवार साँझ पक्राउ परेका भारतीय नागरिक पटेल लाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया