प्रहरी महानिरीक्षक थापाद्वारा मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले चैते दसैँका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका हुन् ।
प्रहरी महानिरीक्षक थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक दीपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए ।
पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले विक्रम संवत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात् हरेक वर्ष वडा दसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया