शनिबार, वैशाख २६, २०८३

तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं : प्रधानमन्त्री ओली

मेरोन्यूज २०८१ चैत २२ गते १३:५६
काठमाडौँ, २३ चैतः प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बैङ्ककमा आयोजित छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन सम्पन्न गरी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अष्टिविशिष्ट कक्षमा पत्रकार सम्मेलनमा सम्मेलनबारे सञ्चारकर्मीलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । 

Advertisement
NiccNicc

शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

 तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले न्यायिक छानविन हुनुपनि सक्ने र नहुन पनि सक्ने बताए । तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानविन हुँदैछ । न्यायिक छानविन नभनौँ । न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानविन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानविन गर्ने की न्यायिक छानविन गर्ने भनेर ।’

प्रतिक्रिया