कोसेरा खोलामा पुल निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । रु ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए ।
“खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ”, उनले भने, “अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो ।” रघुगङ्गा गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।
रघुगङ्गा गाउँपालिकाले रु चार लाख ७२ हजार ४७७ र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले रु ३० लाख ८९ हजार २७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले रु ७२ हजार ६८८ बराबरको श्रमदान गरेका छन् ।
जिल्लामा झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगङ्गा र बेनी नगरपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माण भएको छ ।
आव २०८०/८१ मा छ र आर्थिक वर्ष २०७९/८० मा नौ झोलुङ्गे पुल निर्माण भएको थियो । मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुङ्गे पुल छन् । झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवातजावतमा सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया