यही चैत ३० गतेदेखि दोस्रो संस्करणको ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक बास्केटबल सङ्घले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको सङ्घका अध्यक्ष शिव थापामगरले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।
बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केबल खेलको मैदानमा मात्र सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई थप मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको आयोजकको दाबी छ । यस्तै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहित गर्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेका छन् ।
प्रतियोगिताको करिब तीन हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ । यसअघि सङ्घले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया