रौतहटमा बन फडानी तिब्र, बस्ती नै बसाउन लागे पछि एकजना पक्राउ

रौतहट। बिगतमा काठ चोरी तस्करीबाट बदनाम रौतहटस्थित सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बनक्षेत्र भित्र तिब्ररुपमा फडानी गरि ब्यक्तिगत खेत बनाउने होड चलेको छ।
स्थानीयदेखी बिभिन्न जिल्लाबाट बसाई सरेर आएकाहरुले सयौं बिगाहा क्षेत्रफलमा रहेको खैर फडानी गरेर ब्यतिगत खेत बनाई सकेका छन्।
यसैबीच, आईतवार डिभिजन बन कार्यालय रौतहटले खयर फडानी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका ४ हरैया गाउँका बिल्टुराय यादवलाई बन फडानी गरेको आरोपमा पक्राऊ गरिएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले बताएका छन् ।
जिल्ला मातहत वृन्दावन सब डिभिजन बन कार्यालय बल्लरीको गस्ति टोलिले खयरघारी फडानी गरि रहेको क्रममा यादवलाई पक्राउ गरेको प्रमुख साहले न्युज कारखाना लाई बताएका छन्।
आरोपी यादवले बृन्दावन– १ स्थित पूर्वमा बागमती नदी, पश्चिम नदीको भंगालो, उत्तर खयरघारी र दक्षिण खयरघारी ऐलानी यी चारकिल्ला भित्रको करीब ५ कठा क्षेत्रफल भित्रको खयरघारी झाडी बुट्यान खुकुरीले फाँडेर वनको जग्गा अतिक्रमण गरेको प्रमुख साहले बताएका छन्।
यादवलाई बन अतिक्रमण गरेको जग्गाको क्षेत्रफलको आधारमा कानुन बमोजिम कारबाही गरिने प्रमुख साहले जानकारी दिएका छन्।
पछिल्लो समय वृन्दावन–१ मा रहेको बागमती नदीका बगर क्षेत्रमा बहुमूल्य खयर जातका रुखहरु धमाधम मासिंदै आएको छ। खेतीयोग्य जमिन बनाउन अवैध रूपमा खयरको रुख कटानी भइरहेको छ।
वृन्दावन सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा खयरका रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको स्थानीयहरुले बताएका छन् ।
यस अघी डिभिजन वन कार्यालय रौतहटको उदासिनताका कारण बागमती नदी द्वारा वन अधिग्रहित भू–भागमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाबाट आएका दर्जनौं मानिसहरुले हजारौँ हेक्टर बगर क्षेत्रलाई खेतीयोग्य जमिनमा परिणत गरिसकेका छन् । उनीहरूले खेत बनाउने नाममा काटेको हजारौं खयरको रुख गायब पारेका छन्।
बगर फँडानी गर्नेहरुले सुरुमा खयर लगायत रुखबाट तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि रुखहरु फाँडेर खेतीयोग्य जमिन बनाएर खेतीपाती गर्दै आएका छन् ।
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया