४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८१ चैत २४ गते १९:०६

विराटनगर । प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।
उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए। प्लाष्टिकको झोलामा प्याकिङ गरेर राखेको अवस्थामा गाँजा फेला परेपछि दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया