बुधबार, फागुन २७, २०८२

फुडमाण्डुको नयाँ वर्ष ‘फिस्ट क्याम्पेन’ सुरु, ८२ प्रतिशतसम्म छुट

मेरोन्यूज २०८१ चैत २४ गते २१:२३

काठमाडौं । नेपालकै पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन सार्वजनिक गरेको छ। नयाँ वर्षलाई अझ रोमाञ्चक र स्वादिलो बनाउने उद्देश्यसहित ल्याइएको यो क्याम्पेन चैत्र २५ देखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
nepal life insurencenepal life insurence

फुडमाण्डु एपमार्फत ग्राहकहरूले मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२ प्रतिशतसम्मको विशेष छुट पाउने छन्। यस क्याम्पेन अन्तर्गत रु। ८२ मा उपलब्ध ‘फ्ल्यास सेल’ आइटमदेखि ‘फ्ल्याट डिस्काउन्ट’, ‘क्युरेटेड मिल कम्बो’, ‘पार्टी प्याक’, र ‘डबल द जोय’ अफर अन्तर्गत ‘बाई–वन–गेट–वन’ जस्ता प्रस्ताव समावेश छन्। यी अफरहरूले नयाँ वर्ष मनाउन ग्राहकहरूलाई सस्तो र सहज विकल्पहरू प्रदान गर्ने फुडमाण्डुले जनाएको छ।

“फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात” भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको यो अभियानले ग्राहकहरूको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको छ। ग्राहकहरूले आफू, परिवार वा साथीभाइका लागि छुटमा स्वादिष्ट परिकार मगाएर नयाँ वर्षलाई रमाइलो बनाउन सक्नेछन्।

फुडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईका अनुसार, “नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो, र त्यस्ता हरेक पलमा खानाले विशेष स्थान राख्छ। हामीले यस क्याम्पेनमार्फत उत्कृष्ट खाना र अफरको संयोजनमार्फत ग्राहकहरूलाई अझै रमाइलो र स्मरणीय नयाँ वर्ष मनाउने अवसर दिन खोजेका हौं।”

हाल फुडमाण्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलका ग्राहकहरूलाई १,००० भन्दा बढी रेस्टुरेन्टहरूको नेटवर्कमार्फत सेवा दिँदै आएको छ। कम्पनीले गुणस्तरीय र भरपर्दो डेलिभरी सेवामार्फत नयाँ वर्षलाई स्वाद र उत्सवको पर्व बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया