‘केपी ओली कप’ क्रिकेट : काठमाडौं सेमिफाइनलमा

काठमाडौं । पोखरा रंगशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सीइसी काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको साेमबार भएको खेलमा काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितको समूह ‘ए’ मा रहेको काठमाडौंले समूहका आफ्ना तीनवटै खेलमा जित निकाल्दै समूह विजेता समेत बनेको छ ।
घरेलु टोली पोखराले सुरुआतमा टस जितेर ब्याटिङ गर्दै १७ ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । यस क्रममा काठमाडौंका दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीले तीन–तीन विकेट लिए ।
जितका लागि ५४ रनको झिनो लक्ष्य काठमाडौंले चार ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए ।
यसैगरी समूह ‘ए’ को दोस्रो खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई पाँच विकेटले हराएको छ । जितका लागि आवश्यक १७७ रनको लक्ष्य हेटौँडाले १८ ओभरको चौथो बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा छ चौका र तीन छक्का प्रहार गरे । रामनरेश गिरीले २० रनको अविजित पारी खेले । यसैगरी युविन बुढाथोकीले ३० रन जोडे ।
बलिङतर्फ स्याङ्जाका सुजन गौतमले दुई तथा मिलन लुइँटेल, सन्दीप खत्री क्षेत्री र अस्विनी रानाले एक–एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा सवै विकेट गुमाएर १७६ रन बनायो । बलिङर्फ हेटौँडाका असिम श्रेष्ठले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अकिलेश ठाकुरले दुई तथा अलि मन्सुरी र रामनरेश गिरीले एक–एक विकेट लिए ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
















लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया