राप्रपालाई धन्यवाद दिँदै बालेनले भने- ‘कसैले फोहोर गर्ला र जरिवाना तिराउँला भनेर बसेका छैनाैं’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।
मंगलबार स्टाटस लेख्दै शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् । ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ,’ उनले लेखेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार फोहोर नगर्न कार्यकर्तालाई सचेत गराएका थिए । उनले मेयर बालेनलाई जरिवाना नकाट्न चेतावनी समेत दिएका थिए ।
काठमाडौंमा यसअघि प्रदर्शनका क्रममा फाेहोर गरेको भन्दै महानगरले राप्रपालाई जरिवाना गरेकाे थियाे । त्यसैले मंगलबारको प्रदर्शनमा राप्रपाका अध्यक्षले फोहोर नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया