सय टन जिउँदो गोहीकाे चीनमा हुदैँछ लिलामी, कारण सुनेर नपर्नु छक्क

काठमाडौं । चीनको शेन्जेन नानसान जन अदालतले अनौठो निर्णय दिँदै १०० टन जीवित गोहीको अनलाइन लिलामी सुरु गरेको छ ।
यो लिलामी अलिबाबाको न्यायिक लिलामी प्लेटफर्ममा सञ्चालन भइरहेको छ। यी गोहीहरूको लागि प्रारम्भिक बोली ४० लाख युआन (लगभग ५ लाख ५० हजार अमेरिकी डलर) राखिएको छ । यो मामला गुआंगडोङ होङ्गी क्रोकोडाइल उद्योग कम्पनीसँग सम्बन्धित छ, जुन मो जुनरोङ नामका व्यापारीले २००५ मा सुरु गरेका थिए।
मो जुनरोङलाई कुनै समय चीनमा ‘क्रोकोडाइल भगवान’ भनेर चिनिन्थ्यो तर समयसँगै उनको कम्पनी भारी ऋणमा फस्यो। कम्पनीको सम्पत्ति जफत गरिएको थियो, जसमा यी १०० टन जीवित गोहीहरू समावेश थिए।
अब अदालतले यी गोही बेचेर कम्पनीको ऋण चुक्ता गर्नुपर्ने फैसला गरेको छ । यो लिलामी मार्च १० मा सुरु भएको थियो, जुन अब २०२५ मे ९ सम्म चल्नेछ, अर्थात् कुल दुई महिनाको अवधिमा बोलपत्रहरू राख्न सकिन्छ।
अदालतले चीनमा गोहीको लिलामी सम्बन्धमा धेरै महत्त्वपूर्ण शर्तहरू पनि राखेको छ। गोही पाल्न खरिदकर्तासँग लाइसेन्स हुनु अनिवार्य छ । बोलपत्र जित्नुभयो भने समात्ने, तौल गर्ने, ढुवानी र ढुवानीको खर्च व्यहोर्नु पर्नेछ । लिलामीमा सहभागी हुन ३ लाख युआन जम्मा गर्नुपर्नेछ । यदी कुनै खरिदकर्ताले शर्तहरू पूरा गर्न असमर्थ भएमा, उसको निक्षेप जफत हुनेछ।
चीनमा गोही एक जनावर मात्र नभई व्यापारिक मोडल हो । गोहीलाई संसारमा बहुमूल्य व्यावसायिक स्रोतको रूपमा हेरिन्छ। यिनीहरूबाट बनेका उत्पादनहरूमा धेरै प्रकारका चीजहरू समावेश छन् । जस्तो कि, छालाका सामानहरू, मासुका बिभिन्न परिकार, औषधि र औषधिजन्य उत्पादन, सौन्दर्य उत्पादन, मगरमच्छको रक्सी, जुन परम्परागत चिनियाँ औषधिमा लोकप्रिय रहेको छ ।
यी स्यामी गोहीहरूलाई २००३ मा चिनियाँ सरकारले व्यावसायिक रूपमा पालनपोषण गर्न अनुमति दिएको थियो। प्रत्येक गोहीको वजन २०० देखि ५०० किलोग्रामसम्म हुन सक्छ। त्यसैले यो १०० टन करिब २०० देखि ५०० गोही बराबर हुन्छ। यो लिलामी बाहिर आएसँगै सामाजिक सञ्जालमा बहस र ठट्टा दुवै सुरु भयो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया