शनिबार, वैशाख २६, २०८३

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले बुझायो मानव अधिकार आयोगलाई पत्र

मेरोन्यूज २०८१ चैत २६ गते १३:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

Advertisement
NiccNicc

पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको निवेदनमा दाबी गरिएको छ ।

गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर पक्राउ गरेको थियो।

प्रतिक्रिया