लागूऔषधसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८१ चैत २८ गते २०:२६

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट चैत्र २९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु भारत घर बताउने ४५ बर्षिय अमरजित हरिजन, २५ बर्षिय कपिलदेव सहानी र २१ बर्षिय दिलिप गौतम छन् ।
यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट अन्य सामानहरु समेत बरामद भएको छ ।
नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धिन निकायमा बुझाईएको छ ।
सम्बन्धित










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया