मंगलबार, फागुन १२, २०८२

लागूऔषधसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा

मेरोन्यूज २०८१ चैत २८ गते २०:२६

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन  गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट चैत्र २९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


नियन्त्रणमा लिईएकाहरु भारत घर बताउने ४५ बर्षिय अमरजित हरिजन, २५ बर्षिय कपिलदेव सहानी र २१ बर्षिय दिलिप गौतम छन् ।


यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट अन्य सामानहरु समेत बरामद भएको छ ।


नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धिन निकायमा बुझाईएको छ ।

प्रतिक्रिया