शनिबार, वैशाख २६, २०८३

‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’

मेरोन्यूज २०८१ चैत २८ गते २१:१४

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताएका छन् । 

Advertisement
NiccNicc

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको तयारीका सम्बन्धमा आज बसेको एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा उहाँले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बताए। 

उनले अहिले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक षडयन्त्रहरू भइरहेको उल्लेख गर्दै उनले राजवादीको नाममा काठमाडौँमा गराइएको घटना त्यसकै उदाहरण भएको बताए। 

“एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले”, उनले भने । 

पार्टीको जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसैलाई दृष्टिगत गरी एमालेले युवा केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उनको भनाइ छ । 

स्थायी कमिटी सदस्य समेत रहनु भएका ढकालले वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन पार्टीका सबै जनसङ्गठनलाई आग्रह गरे । 

बैठकमा  नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, जनसङ्गठनका प्रमुखहरूको सहभागिता थियो । 

प्रतिक्रिया