शनिबार, वैशाख २६, २०८३

पूर्वराजा ज्ञानेन्द्रले तीनकुने घटनाको जिम्मेवारी नलिएकोमा एमालेको आपत्ति

मेरोन्यूज २०८२ वैशाख १ गते १६:२८

काठमाडौं । नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएकाे राजावादी प्रदर्शनमा भएकाे हिंसामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी नलिएकाे जनाएकाे छ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उत्तिकै आक्रामक देखिएको एमालेले उनैले ताेकेकाे कमाण्डरका कारण साे अप्रिय घटना भएकाे भन्दै जिम्मेवारी लिनु पर्नेसमेत जिकिर गरेका छन ।
 
भर्खरै सम्पन्न सचिवालयको बैठकमा पुर्व राजा शाहले ‘नेपाली जनतामाजागरण आएको’ भन्ने सन्देश प्रति असहमति जनाउँदै नेता प्रदिप ज्ञवालीले भने, ‘उनैले ताेकिएकाे कमाण्डरकाे नेतृत्वमा तीनकुनेमा अप्रिय घटना घटयाे, त्यसमा १५ दिनपछि दुःख ब्यक्त गरे तर जिम्मेवारी भने लिएनन ।’

Advertisement
NiccNicc

उनले चयन गरेका कमाण्डरहरू ठिक नभएकाे पनि ज्ञवालीकाे टिप्पणी रहेकाे छ। ‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा  अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’  ज्ञवालीले भने ।
 

प्रतिक्रिया