पूर्वराजा ज्ञानेन्द्रले तीनकुने घटनाको जिम्मेवारी नलिएकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएकाे राजावादी प्रदर्शनमा भएकाे हिंसामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी नलिएकाे जनाएकाे छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उत्तिकै आक्रामक देखिएको एमालेले उनैले ताेकेकाे कमाण्डरका कारण साे अप्रिय घटना भएकाे भन्दै जिम्मेवारी लिनु पर्नेसमेत जिकिर गरेका छन ।
भर्खरै सम्पन्न सचिवालयको बैठकमा पुर्व राजा शाहले ‘नेपाली जनतामाजागरण आएको’ भन्ने सन्देश प्रति असहमति जनाउँदै नेता प्रदिप ज्ञवालीले भने, ‘उनैले ताेकिएकाे कमाण्डरकाे नेतृत्वमा तीनकुनेमा अप्रिय घटना घटयाे, त्यसमा १५ दिनपछि दुःख ब्यक्त गरे तर जिम्मेवारी भने लिएनन ।’
उनले चयन गरेका कमाण्डरहरू ठिक नभएकाे पनि ज्ञवालीकाे टिप्पणी रहेकाे छ। ‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ ज्ञवालीले भने ।









महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया