शुक्रबार, वैशाख २५, २०८३

माओवादीको जागरण अभियान नवलपुरबाट पुन: सुरु

मेरोन्यूज २०८२ वैशाख २ गते १२:४८

नवलपरासी । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट पुन: सुरु भएको छ। झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो।

Advertisement
NiccNicc

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो। नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको प्रचण्डले बताए। गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ। उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए।

अभियानका क्रममा प्रचण्डले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए।

अभियानमा पार्टी उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभा छन्। पूर्व उपराष्ट्रपतिसमेत रहेका उनी हप्ता दिन अघिमात्र उपाध्यक्षमा मनोनित भएका थिए।

जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया