कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले यही वैशाख ९ गते काठमाडौमा कार्यकर्ता भेला गर्ने भएको छ । पार्टीले कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो ।
भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।
पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने भेलामा सबै जनवर्गीय सङ्गठनका कार्यप्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने जनाइएको छ ।
पार्टीको १०औँ महाधिवेशनमा पारित एजेण्डा, कार्यदिशा कार्यान्वयनको अवस्थाबारे छलफल गरिने भेलामा राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा पेस गरिनेछ ।
पार्टीले मातहतका कमिटीलाई देशभर कम्युनिष्ट पार्टी स्थापनाका अवसरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, वृक्षरोपणलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्य आयोजना गर्न पत्राचार गरेको महासचिव भुसालले जानकारी दिए ।
















आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया