साउथमा डेब्यू गर्दै आमिर, पहिलो पटक रजनीकान्तसँग देखिने
मेरोन्यूज
२०८२ वैशाख ४ गते १२:०७

काठमाडौं । बलिउड अभिनेता आमिर खान पहिलो पटक साउथ स्टार रजनीकान्तसँग देखिने भएका छन्।
बलिउडपछि आमिर अब साउथ इन्डस्ट्रीमा पनि डेब्यू गर्न लागेका हुन्। उनी चाँडै नै रजनीकान्त र नागार्जुनसँग साउथ फिल्म ‘कुली‘मा देखिनेछन्।
फिल्म ‘कुली’ अहिले निकै चर्चामा छ। यस फिल्ममा रजनीकान्त र नागार्जुनका अलावा कन्नड अभिनेता उपेन्द्र पनि देखिनेछन्। उपेन्द्रले फिल्ममा आमिरको प्रवेश पुष्टि गरिसकेका छन्। यस फिल्ममा आमिर केमियो भूमिकामा देखिनेछन्।
लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’ १४ अगस्ट २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा नकारात्मक भूमिकामा देखिनेछन्। फिल्ममा श्रुति हसन, सत्यराज, सुबिन शाहीर लगायतका कलाकारहरु पनि देखिनेछन् ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया