मंगलबार, वैशाख ८, २०८३

साउथमा डेब्यू गर्दै आमिर, पहिलो पटक रजनीकान्तसँग देखिने

मेरोन्यूज २०८२ वैशाख ४ गते १२:०७

काठमाडौं । बलिउड अभिनेता आमिर खान पहिलो पटक साउथ स्टार रजनीकान्तसँग देखिने भएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बलिउडपछि आमिर अब साउथ इन्डस्ट्रीमा पनि डेब्यू गर्न लागेका हुन्। उनी चाँडै नै रजनीकान्त र नागार्जुनसँग साउथ फिल्म ‘कुली‘मा देखिनेछन्।

फिल्म ‘कुली’ अहिले निकै चर्चामा छ। यस फिल्ममा रजनीकान्त र नागार्जुनका अलावा कन्नड अभिनेता उपेन्द्र पनि देखिनेछन्। उपेन्द्रले फिल्ममा आमिरको प्रवेश पुष्टि गरिसकेका छन्। यस फिल्ममा आमिर केमियो भूमिकामा देखिनेछन्।

लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’ १४ अगस्ट २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा नकारात्मक भूमिकामा देखिनेछन्। फिल्ममा श्रुति हसन, सत्यराज, सुबिन शाहीर लगायतका कलाकारहरु पनि देखिनेछन् ।

प्रतिक्रिया