बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख ५ गते १९:४७

बागलुङ । बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। १७ वर्षीय शिव थापा मगरको आज साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो।
बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएको थियो।
अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए।
सम्बन्धित
















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया