आइतबार, वैशाख १३, २०८३

अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन

मेरोन्यूज २०८२ वैशाख ७ गते १०:४१

वासिंगटन डिसी, ७ बैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो कदमको विरोधमा शनिबार हजारौं अमेरिकनहरू  सडकमा उत्रिएका छन्।

Advertisement
NiccNicc

५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० बिरोध, १ नामक आन्दोलनकारीहरूले सो सो प्रदर्शन गरेका हुन् ।   अमेरिकी क्रान्तिकारी युद्धको शुरुवातको २५० औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले गरिएको थियो।

ह्वाइट हाउस र टेस्ला डिलरशिपहरू बाहिरका साथै धेरै शहरहरूको केन्द्रहरूमा प्रदर्शनकारीहरूले विभिन्न प्रकारका गुनासोहरू व्यक्त गरेका थिए। धेरैले किल्मार एब्रेगो गार्सियालाई फिर्ता गर्न आह्वान गरे, जसलाई गल्तीले एल साल्भाडोरमा निर्वासन गरिएको थियो।

अहिले राजनीतिक विरोध कार्यक्रमहरू संयुक्त राज्य अमेरिकामा अधिक सामान्य हुँदै गइ रहेका छन्  । गत अप्रिलको शुरुमा ‘ह्यान्ड्स अफ’ प्रदर्शनले देशभरका शहरहरूमा हजारौंलाई आकर्षित गरेको थियो ।

प्रतिक्रिया