बंगलादेशमा हिन्दु नेताको हत्याको कांग्रेस नेता भण्डारीद्वारा भर्त्सना

काठमाडौं । बंगलादेशका हिन्दू नेता भवेशचन्द्र रायको कट्टरपन्थी मुश्लिम समूदायबाट भएको हत्याप्रति कांग्रेस नेता तथा सांसद शंकर भण्डारीले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्दीय समन्वय समितिका संयाेजक समेत रहेका भण्डारीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेता भण्डारीले मुश्लिम समूदायबाट भएको यो हत्या विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिमाथिको हमला भएको बताएका छन् ।
‘करिब ८२ प्रतिशन हिन्दू र ९४ प्रतिशत ॐकार परिवार वसोवास गर्ने नेपाललाई जवरजस्तीसंग धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पछि हाम्रो संवेदनशीलता हराउँदै गएको छ । बंगलादेशको अल्पसंख्यक हिन्दूहरू उपर कट्टरपन्थी मुशलमानहरूबाट ज्यादती र अत्याचार भैरहँदा नेपाल सरकार, राजनीतिक दल, सञ्चार जगत, मानव अधिकारवादी संस्था, धार्मिक संघ संस्था र आम नागरिक मौन रहँदै आउनु अर्को चिन्ताको विषय हो,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूमाथि भएको हत्या, हिंसा, मन्दिर तोडफोडको अत्याचार रोक्न र उनीहरूको धार्मिक एवम् सांस्कृतिक अधिकारसहितको अधिकारको सम्मान गर्न लगाउन कारगर भूमिका खेल्न नेता भण्डारीले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
यस्ताे छ उनकाे विज्ञप्ति :
नेपालको निकट छिमेकी मित्र राष्ट्र बंगलादेशमा केही महिनादेखि निरन्तर रूपमा अल्पसंख्यक हिन्दूहरूमाथि भैरहेको हत्या, दमन, मन्दीरहरूको तोडफोड र लुटपाटको घटनाप्रति नेपाली काँग्रेस, वैदिक सनातन हिन्दू राष्ट्र पुनःस्थापना महाअभियान नेपाल गहिरो चिन्ता प्रकट गर्दछ ।
हालैमात्र बंगलादेशका वरिष्ठ हिन्दू समाजसेवी भवेशचन्द्र रायको कट्टरपन्थी मुश्लिम समूदायबाट भएको पाशविक हत्याको घटना विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिमाथिको हमला हो । नेपाल परम्परादेखि नै वैदिक सनातन धर्म र संस्कृतिको उद्गमभूमि हो । यो देश ऋषि महर्षीहरूको पवीत्र तपोभूमि हो । हिजो नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्रको रूपमा आफ्नो छुट्टै गौरवशाली मौलिक राष्ट्रिय पहिचान वनाएर विश्व सामु गौरवसंग उभिएको थियो ।
करिव ८२ प्रतिशन हिन्दू र ९४ प्रतिशत ॐकार परिवार वसोवास गर्ने नेपाललाई जवरजस्तीसंग धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पछि हाम्रो संवेदनशीलता हराउँदै गएको छ । बंगलादेशको अल्पसंख्यक हिन्दूहरू उपर कट्टरपन्थी मुशलमानहरूबाट ज्यादती र अत्याचार भैरहँदा नेपाल सरकार, राजनीतिक दल, सञ्चार जगत, मानव अधिकारवादी संस्था, धार्मिक संघ संस्था र आम नागरिक मौन रहँदै आउनु अर्को चिन्ताको विषय हो ।
हामी नेपाल सरकारलाई प्रभावकारी कूटनीतिक पहल गरी बंगलादेशमा भैरहेको अल्पसंख्यक हिन्दूहरू माथि भएको हत्या, हिंशा, मन्दीर तोडफोडको अत्याचार रोक्न, अल्पसंख्यक हिन्दूहरूको धार्मिक एवम् सांस्कृतिक अधिकार सहित मानव अधिकारको सम्मान गर्न लगाउन कारगर भूमिका खेल्न आग्रह गर्दछौं । साथै अन्तराष्टिय जगत, नेपाली काँग्रेस सहितका राजनीतिक दल, सञ्चार जगत, धार्मिक संस्था र आम नागरिकलाई न्यायको पक्षमा आवाज वुलन्द गर्न हार्दिक आह्वान गर्दछौं । जय नेपाल !
शंकर भण्डारी संयोजक
















आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया