आइतबार, वैशाख २७, २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट, १९२ कम्पनीको मूल्य घट्यो

मेरोन्यूज २०८२ वैशाख ७ गते १७:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंकले घट‍ेर ४५६.५८ विन्दुमा पुगेको छ।

Advertisement
NiccNicc

दोहोरो अंकले घटेको सेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.४९,बोटलर्स नेपालको ६.११ र राधी विद्युतको ५.९३ प्रतिशतले बढयो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। नगदी ग्रुपको ५७ करोडको कारोबार हुँदा बलेफी हाइड्रोपावरले ५६ करोड, नेपाल इन्फ्रास्टक्चर बैंकले ३८ करोड र सानिमा माइ हाइड्रोपावरले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

यसदिन ३२८ स्क्रिप्सको २ करोड १३ लाख २३ हजार ९६७ कम्पनीको ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५३ स्टक्समध्ये १९२ वटाको मूल्य घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

आज दुई समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

प्रतिक्रिया