शनिबार, चैत ७, २०८२

मधेश प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी 

मेरोन्यूज २०८२ वैशाख ७ गते २१:०१

काठमाडौं । राजविराजमा जारी मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएका छन्। पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबिच भएको खेलमा जनकपुरले दुहबीलाई १९८ रनले पराजित गर्दै विजयी भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी, दोस्रो खेलमा बलान बिहुलले काठमाडौं रोयल्सलाई ६ बिकेटले पराजित गर्दै विजयी भएको छ। पहिलो खेलमा टस जितेर कोशी दुहबीले जनकपुरलाई ब्याटिङ गर्न दिएपछि जनकपुरले २० ओभरमा ५ बिकेट गुमाएर २३५ रनको विशाल योेगफल खडा गरेको थियो । जसमा टिमका लागि विशाल सुश्लिंगले  विष्फोटक ब्याटिंग गर्दै ८० रन अविजित रहँदै खेलेपछि टिमले ठूलो स्कोर बनाउन सकेको हो।

यसैगरी, अर्का ब्याटर मयन यादवले ६६ रन, विशाल पटेल ४७ रन, र आदिल खान २५ रन बनाएका थिए। यता, बलिंगतर्फ साजनकुमार दास ३ बिकेट, नवीन यादव र आयुष रौनियारले एक एक बिकेट लिए । जवाफमा २३६ रनको लक्ष्य लिएका कोशी दुहबीले ७ ओभर चार बलमा ३७ रन मात्र  बनाउन सकेकाे थियाे । 

दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५/१५ रन बाहेक टिमका सातजना ब्याटर खाता नखोल्दै आउट भएका थिए। 

खेलको प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ। यसैगरी, आजै काठमाडौं रोयल्स र बलान बिहुल सुपर किंगबिच भएको खेलमा टस जितेर काठमाडौंले ब्याटिंग गर्दै १५ ओभर चार बलमा सबै बिकेट गुमाएर ६५ रनको सानो योगफल खडा गरेका थिए। जसमा मिलन बोहरा ११ रन र रूपेश सिंहले १० रनबाहेक अन्य खेलाडीहरूले दोहोेरो अंक पार गर्न सकेनन् ।

बलिंगतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिंग गर्दै समान्य ४÷४ बिकेट हात पारेका थिए। भने राशिद खान र विवेक यादवले १÷१ बिकेट लिएका थिए।

जवाफमा बलान बिहुलले सात ओभर तीन बलमा चार बिकेट गुमाएर बिजयी भएको थियो । जसमा ईमरान शेखले अविजित ३२ रन  खेल्दै टिमलाई जिततर्फ सहज गराएका थिए।
यसैगरी लोकेश बमले १२ रन बनाएका थिए भने विकास दासले सात रन बनाउँदै अविजित खेलेका थिए।

बलिंगतर्फ काठमाडौंका नरेन साउदले तीन बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए । 

प्रतिक्रिया