वन मुद्दाको फर्छ्योट गर्न ढिलाइ

चितवन । यहाँस्थित डिभिजन वन कार्यालयमा १०२ मुद्दा फर्छ्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६/७७ देखिएका ती मुद्दा फर्छ्योट हुन बाँकी रहेका हुन् ।
आव २०७६/७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फर्छ्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् ।आव २०७६/७७ मा १३ , २०७७/७८ मा ३७, २०७८/७९ मा ४३ मुद्दा दर्ता भएका थिए । यस्तै २०७९/८० मा २७ , २०८०/८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९फरार प्रतिवादी रहेको उनले जानकारी दिए । मुद्दामा संलग्न व्यक्तिहरूबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।
कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फर्छ्योट गर्ने विषयमा दुबिधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरू गत आवबाट मात्रै फर्छ्योट हुन सुरु गरेको हो । फैजदारी संहिता आएसँगै रोकिएको फर्छ्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फर्छ्योट सङ्ख्या कमी भएको हो ।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरू प्रदेश सरकारमा रहेकाले दुबिधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो । उनले भने, “गत वर्ष मन्त्रालयको परिपत्र आए पछि काम सुरु गरेका हौँ ।”
यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरू अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उनले बताए । डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फर्छ्योट हुने क्रम बढेको उनको भनाइ छ ।
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया