आफ्ना पुराना फिल्म हेर्न किन लजाउछिन् सामन्था ?
मेरोन्यूज
२०८२ वैशाख ८ गते १९:२०

काठमाडौं। साउथ अभिनेत्री सामन्था रुथ प्रभु आफ्नो करियरको नयाँ चरण सुरु गरेकी छन् । सधैँ पर्दामा देखिने सामन्था यसपटक निर्माताका रुपमा आएकी छन् ।
उनी निर्माता रहेको हरर कमेडी फिल्म ‘सुभम’ को प्रोमोशनका लागि यतिबेला तीव्र दौडधुप भइरहेको छ ।
हालै एक समारोहमा आएकी सामन्थाले आफ्ना सुरुवाती दिनका चलचित्र हेर्दा लज्जित महशुस हुने गरेको खुलासा गरेकी छन् ।
चलचित्रमा आफ्ना सुरुवाती दिन सम्झिँदै सामन्थाले भनिन्, मैले आफ्ना पहिला दुई फिल्म हेर्दा आफैलाई लज्जित महशुस हुन्छ । आश्चर्य मान्छु कि यस्तो खराब अभिनय किन गरेँ ।
सामन्था निर्माता रहेको फिल्म ‘सुभम’ मा हर्षित रेड्डि, गविरेड्डि श्रीनिवास, चरण पेरी, श्रिया कोंथप, श्रावणी लक्ष्मी, शालीनि कोंडेपिडी र वामसिधर गौंडसहित नयाँ कलाकारहरुको अभिनय छ ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया