बुधबार, फागुन २७, २०८२

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

मेरोन्यूज २०८२ वैशाख ९ गते ८:४६

कर्णाली।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई उक्त निर्देशन दिएका हुन् ।बजेट कार्यान्वयनमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उनले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उनको भनाइ छ ।

मुख्यमन्त्री कँडेलले जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन किन सकेन भन्दै सचिवसँग प्रश्न गरेका थिए ।

आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया