बिहीबार, वैशाख २४, २०८३

शिक्षामन्त्री बन्ने भनेर मिथ्या प्रचार भयो : सांसद अन्जान शाक्य

मेरोन्यूज २०८२ वैशाख ९ गते ९:४७

काठमाडौं । राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेकी छिन् ।

Advertisement
NiccNicc

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उक्त स्थानमा डाक्टर शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन् ।उनले आफूलाई जानकारी भएअनुसार केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर नै अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको होला भन्ने ठानेको पनि उल्लेख गरेकी छिन् ।

उनले आफू विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई सही ठानेर पूर्वाग्रही र कपोलकल्पित प्रचारप्रसार नगरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गरेकी छिन् । उनले भनेकी छिन्, ‘गलत स्वार्थसहित केही सञ्चार माध्यममा कसैले फैलाएको भ्रमको पछि नलाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले लेखेकी छिन्– ‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नबोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरूमा समेत यही भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु ।’

प्रतिक्रिया