ओमोडा एन्ड जेइकोले ‘ओ-युनिभर्स’को अवधारणा सार्वजनिक गर्ने

काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका लागि ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’को अनुभव दिने नयाँ अवधारणा ‘ओ-युनिभर्स’ सार्वजनिक गर्ने भएको छ।
आउँदो वैशाख १२ गते शुक्रबार (अप्रिल २५) मा आयोजित एक विशेष कार्यक्रममा यो अवधारणा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
‘ओ-युनिभर्स’ ले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिमा आधारित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा केन्द्रित ‘जे-ल्यान्ड’ गरी दुई भिन्न अनुभव प्रदान गर्नेछ। यी दुवै अनुभवले भविष्यको जीवनशैलीलाई नयाँ ढंगले परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।
फ्युचरिस्टिक प्रविधिको उत्सव – ओमोडा ‘ओ-ल्याब’
ओमोडाको ‘ओ-ल्याब’ ले सहभागीहरूलाई सन् २०५० को भविष्यको सहरको अनुभव दिनेछ, जहाँ प्रविधि र कला एकसाथ प्रस्तुत हुनेछन्। सार्वजनिकिकरण कार्यक्रममा अत्याधुनिक ‘एलइडी स्क्रिन’का भित्ताहरूमा ओमोडाका नवीनतम प्रविधिहरू प्रदर्शन गरिनेछन्। सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन र विभिन्न अन्तरक्रियात्मक गतिविधिहरूमार्फत पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन्। यस अवसरमा ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण विद्युतीय गाडी ओमोडा ‘इ-फाइभ’ पनि प्रदर्शन गरिनेछ।
यसैगरी, ‘सि-थ्रि साइबर मेका आर्ट ग्यालरी’ले आफ्नो ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ मार्फत एक अनौठो कलात्मक अनुभव प्रदान गर्नेछ। यसले नयाँ पुस्तालाई ‘मेका’बाट प्रेरित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पना गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।
क्याम्पिङ अनुभवलाई बदल्ने जेइको ‘जे-ल्यान्ड’ को डेब्यु
ओमोडाको प्रविधि प्रदर्शनसँगै जेइकोले ‘जे-ल्यान्ड’ प्रदर्शनीमा हरियाली वातावरण प्रस्तुत गर्नेछ। यहाँ पूर्ण विद्युतीय लाइट-आउटडोर-एसयुभी ‘जे-फाइभ बिइभि’, जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि युक्त ‘जे-सेभेन एसएचएस’ र ‘जे-एट एसएचएस’ मोडलहरू प्रदर्शन गरिनेछन्। यी अत्याधुनिक अफ-रोड गाडीहरूलाई आकर्षक ‘रक्की प्लाटफर्म’मा राखिनेछ, जसले यी गाडीहरूको कठिन भू-भागमा समेत चल्न सक्ने क्षमता प्रदर्शन गर्नेछ र सहभागीहरूलाई नयाँ ठाउँहरूमा घुम्न उत्प्रेरित गर्नेछ। प्रदर्शनीस्थललाई जङ्गलमा क्याम्पिङ गर्दाको जस्तै अनुभव दिन हरियाली घाँस, घना वनजङ्गल, डाँडाकाँडा र चट्टानजस्ता तत्वहरू प्रयोग गरिनेछ।
‘इको-सो’ कै क्रममा सहभागीहरूले जे-फाइभ बिइभिको नयाँ “लाइट क्याम्पिङ” टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन्। यो विशेष अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट चुनौतीपूर्ण भू-भाग हुँदै जङ्गलतर्फको यात्रामा लैजानेछ। यसले गाडीको परीक्षणसँगै आउटडोर जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछc
ओमोडा एन्ड जेइकोको ‘इको-सो’ अप्रिल २५ देखि सुरु हुँदैछ। कम्पनीले ‘फ्युचर फेसन × डेलिकेट अफ-रोड’को यो नयाँ अनुभवमा सहभागी भई ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैलीलाई कसरी पुन:परिभाषित गर्दैछ भन्ने प्रत्यक्ष अवलोकन गर्न समेत आह्वान गरेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया