१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने
मेरोन्यूज
२०८२ वैशाख ९ गते २१:१४

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिदैँ १० दिन पछि सारिएको हो ।
बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलीपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।
सम्बन्धित
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया