सेयर बजारमा भारी गिरावट
मेरोन्यूज
२०८२ वैशाख १० गते १७:२९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो ।
आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया