एमालेले आज काठमाडौमा युवा महोत्सव गर्दै

काठमाडौं। नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ ।
लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ ।
कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन् ।
जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन ।
‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुन्छ, कार्यक्रममा युवाहरूले पाकाहरूलाई छपक्कै छोप्ने छन्’, उनले भने ।
कार्यक्रममा आउनेको मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनि र ठुला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको छ ।
जहाँ कफीसप, फुडस्टल, युवाले उत्पादन गरेका समानको स्टल हुने आयोजकको दावी छ ।
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया