बाँकेको जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली

नेपालगन्ज। बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली कार्यान्वयन गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले सेवाग्राहीलाई बढी चाप हुने शाखामा विद्युतीय टोकन प्रणाली लागू गरिएको जानकारी दिए । उनले सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले छिटो आउने सेवाग्राहीको काम छरितो गर्न र भेदभाव नहोस भनेर टोकन प्रणाली सुरु गरिएकोे जानकारी दिए ।
जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपी शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागू गरिएको छ । सेवाग्राहीले टोकन लिएर सहजै सेवा प्राप्त गर्ने भएकाले विगतमा भन्दा थप सहज हुने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया