सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

बरहथवा। जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।
भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व संकलन भएको छभने कात्तिकमा ९०.९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकनुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए। यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए।यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया