शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग जोगिन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक स्टाटस लेख्दै ज्ञवालीले आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको र अभिभावक अधैर्य हुँदै गएको भन्दै छिटो समाधानमुखी उपाय पहिल्याउन सरोकारवालाको ध्यानकर्षण गराएका छन्।
‘शिक्षक साथीहरूलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस्। आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरू अधैर्य हुँदै गइरहेका छन्। यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो– निजी विद्यालय,’ उनले भने।
अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने र ‘निर्णायक धक्का’ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौं भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित भएको उपमहासचिव ज्ञवालीकाे भनाइ छ ।















माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया