कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

जुम्ला । सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ।
उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ।
स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उनी बताउँछन्।
महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ। महोत्सवमा २२ कक्ष राखिएका छन्।
सबै कक्ष ‘बुकिङ’ भइसकेका अध्यक्ष देवकोटाले जानकारी दिए। ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन्। ‘स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ। यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्’, उनले भने।
महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। महोत्सव यही वैशाख २४ गतेसम्म चल्नेछ।
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया