आइतबार, वैशाख २१, २०८२

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपतिपदका लागि उम्मेदवार घोषणा

मेरोन्यूज २०८२ वैशाख २० गते १७:४०

दक्षिण कोरियाको सत्ताधारी दल कन्जरभेटिभ पार्टीले पूर्व राष्ट्रपति युन सुक योलको स्थानमा आगामी जुनमा हुने मध्यावधि निर्वाचनका लागि पूर्व श्रममन्त्रीलाई उम्मेदवार बनाएको छ । किम मुन–सोले एक मात्र क्याबिनेट सदस्यको रूपमा ५६.५ प्रतिशत सार्वजनिक ध्यान खिचेपछि पिपुल्स पावर पार्टीको उम्मेदवारीका लागि उहाँलाई चयन गरिएको हो ।

उgले युनको नागरिक शासनको निलम्बनको प्रयासलाई रोक्न र महाभियोगको विरोध गर्न असफल भएकोमा माफी माग्न अस्वीकार गरे । पूर्व विद्यार्थी लेबर एक्टिभिष्टबाट कन्जरभेटिभ बनेका उहाँले ५६.५ प्रतिशत मत प्राप्त गरी मनोनयन पत्र प्राप्त गरेका थिए ।

पूर्व पार्टी प्रमुख हान दोङ–हुनलाई पराजित गर्दै उनले पाएको मत पार्टी सदस्य मतपत्र र जनमत सर्वेक्षणको मिश्रणमा आधारित परिणाम हो । “हामी आज यहाँ निराशा र क्रोधलाई धकेल्दै भेला भएका छौँ । अनगिन्ती नागरिकहरूको चित्कारका बावजुद हाम्रा राष्ट्रपति युनमाथि महाभियोग लगाइयो,”७३ वर्षीय किमले आफ्नो उम्मेदवारी स्वीकारोक्तिको सम्बोधनमा भने ।

उनले भने, “मेरो शरीर टुक्रा–टुक्रा भयो भने पनि मैले निर्वाचन जित्छु, चाहे अन्य जे सुकै होस् ।” पहिलो, युनको महाभियोगको विरोध गर्ने किम र आफ्नै पार्टीभित्र कोलाहलको सामना गर्नुपरे पनि राष्ट्रपतिको महाभियोगको समर्थन गर्ने यूनको पूर्व सहयोगी हानबीचको विवाद थियो ।

विद्रोही सांसदहरूले संसदको बैठक बोलाउन र मतदान गर्न संसदको घेराउ गरेको करिब छ घण्टासम्म मात्र युनको सैनिक शासनको आदेश लागु भएको थियो । विपक्षी सांसद र नागरिकको व्यापक विरोधपछि महाभियोगपछि हटाइएका पूर्वराष्ट्रपति युनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

पूर्व राष्ट्रपतिको कदमलाई व्यापक रूपमा असंवैधानिक भन्दै निन्दा गरिएको छ र नेशनल एसेम्ब्लीले उहाँलाई महाभियोग लगाएको र त्यसपछि संवैधानिक अदालतले उनलाई पदबाट हटाउने फैसला गरेको थियो । किमले ‘जनताद्वारा निर्वाचित राष्ट्रपतिलाई महाभियोग लगाएको’ भन्दै विपक्षी नियन्त्रित संसद्को शनिबार आलोचना गर्नुभएको थियो ।

दक्षिण कोरियाको प्रतिष्ठित सियोल नेसनल युनिभर्सिटीमा भर्ना भएपछि किमले करिब दुई दशक श्रम र प्रजातन्त्र समर्थक कार्यकर्ताका रूपमा सैन्य अधिनायकवादी शासनविरुद्ध लडेका थिए तर सन् १९९१ मा सोभियत सङ्घको पतनपछि आफूले आफ्नो विचार परिवर्तन गरेको बताएका थिए । उनले भने, “सधैँ इमान्दारीका साथ बाँचेको मेरो जीवन बालक अवस्थामा केवल तातो खाना खाने मेरो गहिरो इच्छासँगै अहिलेको अवस्थामा पुगेको हो ।”

उहाँले भन्नुभयो, “मैले कमजोर वा समाजको तल्लो तहमा रहेकाहरूलाई सधैँ उपकार गर्नुपर्छ भन्ने आदर्शका साथ यहाँसम्म आइपुगेको छु ।” अप्रिल २५ मा सार्वजनिक गरिएको ग्यालपको पछिल्लो सर्वेक्षणले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे–म्युङले ३८ प्रतिशत समर्थनका साथ चुनावी मैदानमा अग्रता लिएको देखाएको छ ।

पूर्व कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार राजीनामा दिएका थिए । उनले पिपुल पावर पार्टीसँग मिलेर लीविरुद्ध एकीकृत कन्जरभेटिभ अभियान सुरु गर्ने अपेक्षा गरिएको छ र विज्ञहरूले उनी अन्ततः पीपीपी उम्मेदवारको रूपमा देखा पर्न सक्ने बताएका छन्।

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार लीलाई निर्वाचन कानुन उल्लङ्घन गरेको आरोपमा पुनः सुनुवाइ गर्दै निर्दोष ठहर गरेको थियो । दुवै पक्षले मे ११ सम्ममा आ–आफ्ना आधिकारिक उम्मेदवार दर्ता गरिसक्नुपर्ने थियो । पिपपीका उम्मेदवार किमले ८९.७ प्रतिशत मत प्राप्त गरी आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेका लीलाई ‘तानाशाह’ को संज्ञा दिएका छन् । उनले भने, “ली जे–म्युङ र उहाँको डेमोक्र्याटिक पार्टी समूहलाई सत्तामा पुग्नबाट रोक्न आवश्यक पर्ने कुनै पनि समूहसँग म बलियो गठबन्धन बनाउनेछु ।”

प्रतिक्रिया