पार्टीभित्रको समस्या राष्ट्रिय राजनीतिमा पोख्न थाले राम्रो हुँदैन : एमाले

काठमाडौं । नेकपा (एमाले)ले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने निष्कर्ष निकालेको छ ।
आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए । “दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ,” उनले भने, “दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।”
सरकारबारे सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले थपे, “पार्टीभित्रका समस्याहरू राष्ट्रिय राजनीतिमा जोड्न थाले । त्यहाँ गएर समाधान खोज्न थालियो । यहाँभित्रका समस्या त्यहाँ लगेर पोख्न थालियो भने त्यसले राम्रो गर्दैन ।”









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
प्रतिक्रिया