उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

काठमाडौं। नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा जोड गर्न माग गरेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको एमाले सचिवालय बैठकले उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धि हुने गरी बजेट ल्याउन माग गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा मुख्यतयाः सरकारले हालै संसदमा पेस गरिसकेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र आगामी बजेटबारे केन्द्रित रहेर छलफल गरेको थियो ।
तराइ मधेस, पुष्पलाल मध्य पहाडी, मदन भण्डारी मार्ग, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गर्नु पर्ने, जिएनजी पुस्तालाई केन्द्रमा राखेर सूचना प्रविधिको विकासमा जोड दिनु पर्ने, ठेक्कामा लागेका आयोजनाहरू तिब्र रूपमा विकास गर्नु पर्ने, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कतिपय योजनामा दाताहरूले हात झिके पनि त्यसमा बजेट निकासा गर्नु पर्ने लगायतका सुझाव प्रधानमन्त्री ओलीलाइ दिइएको उनले जानकारी दिए ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया