कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिएका छन् ।
उनले भने, “हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।” प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन् २०२५–२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताए ।
उक्त योजना क्यान्सरका नयाँ घटनाहरू र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्रीले नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । साथै, उनले सम्बन्धित निकायहरूलाई खाद्य वस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिए ।
स्वास्थ्यमन्त्री छेआङ राले क्याम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने बताए । त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पनि धेरै पाइन्छ ।
उनका अनुसार “देशमा हरेक दिन करिब ३८ जनाको ज्यान क्यान्सरका कारण गइरहेको छ ।” राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया