कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिएका छन् ।
उनले भने, “हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।” प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन् २०२५–२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताए ।
उक्त योजना क्यान्सरका नयाँ घटनाहरू र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्रीले नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । साथै, उनले सम्बन्धित निकायहरूलाई खाद्य वस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिए ।
स्वास्थ्यमन्त्री छेआङ राले क्याम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने बताए । त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पनि धेरै पाइन्छ ।
उनका अनुसार “देशमा हरेक दिन करिब ३८ जनाको ज्यान क्यान्सरका कारण गइरहेको छ ।” राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया