म्याग्दीको झिँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा एक करोड ४८ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष (आव) २०७९–८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आर्थिक वर्षमा सम्पन्न भएको हो ।
आव २०७९–८० मा ५० लाख रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो ।
चालु आर्थिक वर्षमा विनियोजन भएको २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए । भवन निर्माण गर्न ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो । भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए ।
आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नम्बर ६ र भगवतीमा वडा नम्बर २ का लागि भवन निर्माण गरेको थियो । वडा नम्बर ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १ बेगखोला, वडा नम्बर ३ पिप्ले, वडा नम्बर ४ दग्नाम र वडा नम्बर ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् ।
मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । एक करोड १५ लाख ८६ हजार ४४७ कबोलमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।
ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए । आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया