वैशाख शुक्ल एकादशी: मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौँ। दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेकाे बताइन्छ ।
सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेकाे कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ । गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पारेकाे शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया