भारतले पाकिस्तानमाथि आक्रमण गर्नु दुखद्, नेपाल मौन बस्न मिल्दैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादीका महासचिव देव गुरुङले भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणप्रति दुख व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेता गुरुङले पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे पुष्टि नहुँदै भारतले पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित नहुने बताएका छन् ।
‘भारतले आक्रमणको कारण केहि दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताएको छ। निश्चयपनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नै पर्छ। तर उक्त पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिँदैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन,’ उनले भनेका छन् ।
नेता गुरुङले छिमेकी देशहरु बिचको द्वन्दले नेपाल पनि प्रभावित हुने भएकाले यस्ता कारबाही बन्द गरी दुवै मुलुकबीचमा संवाद गरिनुपर्ने बताएका छन् । साथै पहलगाम हत्या काण्डबारे स्वतन्त्र अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनुपर्ने उनको भनाइ छ ।
‘भारत र पाकिस्तान दुवै नेपालको छिमेकी मित्रराष्ट्र हो। दुवै मुलुकसँग नेपालको दौत्य सम्बन्ध छ। छिमेकीहरुबीचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशिल को सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होइन, शान्तिको पक्ष लिनैपर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ,’ महासचिव गुरुङले लेखेका छन् ।













देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
थारु संस्कृतिमा रङ भर्दै सोमिना
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया