भारत-पाकिस्तान तनाव रोक्नका लागि मध्यस्थता गर्न ट्रम्प तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तनाव रोक्नका लागि मध्यस्थता भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।
बुधबार राति भारतीय सेनाले पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा गरी ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो । जसमा ४६ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानको भनाइ छ ।
घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच युद्ध हुने खतरा बढाएको छ । यसबीच ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेको सीएनबीसीले जनाएको छ ।
आक्रमण भयानक भएको उल्लेख गर्दै ट्रम्पले भने, “म दुवैलाई राम्ररी चिन्छु र उनीहरू रोकिएको हेर्न चाहन्छु । आशा छ कि उनीहरू अब रोकिनेछन् ।”
ओभलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे, “अमेरिकाको दुवै देशसँग राम्रो सम्बन्ध छ र टाइट फर ट्याट बन्द भएको हेर्न चाहन्छ । यदि म मद्दत गर्न केही गर्न सक्छु भने म त्यहाँ हुनेछु ।”
भारतले अप्रिल २२ मा हिमाली क्षेत्र कश्मीरको भारत नियन्त्रित खण्डमा २६ जना सर्वसाधारणको हत्याकाण्डको लागि पाकिस्तानलाई दोष लगाएको छ । तर, पाकिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
भारत र पाकिस्तान दुवैले सम्पूर्ण कश्मीर आफ्नो देशको हिस्सा भएको दाबी गर्छन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया