१२ अंकले घट्यो सेयरबजार, कारोबार रकम बढ्यो

काठमाडौं । सेयरबजारमा आज १२.०४ अंकको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६६१.६४ विन्दुमा थामिएको हो।
यद्यपि आज कारोबार रकम भने बढेको छ। कुल ३ करोड कित्ता बिक्रीपछि ११ अर्ब ६५ करोडको कारोबार भएको छ।
आज ९६ वटा धितोपत्रको मूल्य बढ्दा १५० वटाको घटेको छ।
बढेकामध्ये दुईवटाको सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको हो।
यसबाहेक छ्याङ्दी हाइड्रोपावर ९.९९ प्रतिशत, ओम मेगाश्री फर्म्यास्युटिकल्स ९.९९ प्रतिशत र आईसीएफसी फाइनान्सको सेयर ९.७४ प्रतिशतले बढेको छ।
गिरावट आएका सेयरमध्ये सिन्धु विकास बैंकको ४.१५ प्रतिशतले घटेको छ। यो नै अधिकतम गिरावट हो।
कारोबारतर्फ आज ङादी ग्रुप पावरो ७८ करोडको सेयर किनबेच भएको छ। त्यसैगरी लगानीकर्ताले सानिमा माई हाइड्रोपावरको ६५ करोडको कारोबार गर्दा युनिभर्सल पावरको ५७ करोड, राधी जलविद्युतको ४३ करोड र अपि पावरको ३८ करोडको कारोबार गरेका छन्।










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया