झापाको पुँजीगत खर्च ४२ प्रतिशत
मेरोन्यूज
२०८२ जेठ १ गते १३:५७

भद्रपुर (झापा)। जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उनले भने ।
कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व सङ्कलन भएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया