आज कतिमा किनबेच हुँदैछ सुन ?
मेरोन्यूज
२०८२ जेठ ४ गते १४:०८

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको हाे । गत शुक्रबार सुन तोलाको एक लाख ८४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया