मंगलबार, फागुन २६, २०८२

स्याउ बोकेको गाडीबाट साढे ७ किलो सुन बरामद

मेरोन्यूज २०८२ जेठ ४ गते १८:१२

काठमाडौं । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्। 

‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया