२० लाखभन्दाबढी रकमसहित हुण्डी कारोबारी पक्राउ
मेरोन्यूज
२०८२ जेठ ४ गते १८:२३

काठमाडौं। काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले बरामद गरी अनुसन्धान थालिएको बोहरा बताउँछन्। बस्नेत काठमाडौं-३२ पेप्सीकोला बस्दै आएका थिए।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया